रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

डिसी नेपाल
१९ फागुन २०७७ ९:५९
376
Shares

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ। बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ। हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको जनाइएको छ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइने तयारी हुनुका साथै उक्त घटनाका विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *