काठमाडौंमा सार्वजनिक भए विप्लव, सहमतिमा हस्ताक्षर हुँदै
काठमाडौं। जनवादी क्रान्ति गर्ने भन्दै मोहन वैद्य नेतृत्वको माओवादीबाट छुट्टिएर भूमिगत राजनीतिक गतिविधि गरेका नेकपाका महासचिब नेत्रविक्रम चन्द विप्ल सरकारसँगको वार्ता सहमति भएसँगै शुक्रबार राजधानी काठमाडौंमा सार्वजनिक भएका छन्।

सरकार र नेकपाबीच भएको वार्तामा बिहीबार तीन बुँदे सहमति भएको थियो। वार्ता सफल भएसँगै विप्लव शुक्रबार बिहानै पूर्वी नवलपरासीमा देखिएका थिए। त्यसपछि उनी पुर्वी नवलपरासीबाट नेपाल प्रहरीको स्कर्टिंगमा काठमाडौं आएका हुन्।
राजधानी काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमति पत्रमा हस्ताक्षर गर्दैछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment