आगलागीबाट ४५ लाखबराबरको क्षति

डिसी नेपाल
२२ फागुन २०७७ ७:५५

चितवन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ। भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो।

आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए।

राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो। भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *