शान्ति समाजमा नयाँ नेतृत्व, सभापतिमा गोविन्द खनाल निर्विरोध

डिसी नेपाल
२३ फागुन २०७७ ७:५६
80
Shares

काठमाडाैं। मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित भएका छन्।

शान्ति समाजको यही फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकका क्रममा सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको निर्वाचनमा वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल, महासचिवमा काठमाडौँका रामकृष्ण बराल र कोषाध्यक्षमा काठमाडाैंकै जगन्नाथ पुडासैनी निर्वाचित भएको पूर्वअध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।

यसैगरी प्रदेश १ सचिवमा विकास थापा, प्रदेश २ सचिवमा अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा बाबुहरि आचार्य, गण्डकी प्रदेश सचिवमा धीरज थापा, लुम्बिनी प्रदेश सचिवमा मीना ढकाल, कर्णाली प्रदेश सचिवमा पुष्पा मल्ल, सुदुरपश्चिम प्रदेश सचिवमा मदनबहादुर कुँवर, सचिव आदिवासी/जनजाति रामप्रसाद जोशी, सचिव मधेशीमा बन्दना सिंह, सचिव दलितमा निर्मल नेपाली र सचिव महिलातर्फ नम्रता खरेल निर्विरोध निर्वाचित भएका छन्। यस्तै चार महिला सदस्यमा निर्मला सुवेदी, सरस्वती नेपाली, सुमित्रा बञ्जारा, सरस्वती ढकाल र सदस्य खुलातर्फ छ पदका लागि लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बञ्जारा, माधवप्रसाद गौतम, विष्णु भुसाल, सन्तोष रौनियार र दिलबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *