कोरोनाबाट विदेशमा दुई नेपालीको मृत्यु, ३४१ पुग्यो मृतकको संख्या

डिसी नेपाल
२३ फागुन २०७७ १४:५३
84
Shares

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका दुई नेपालीको यो साता निधन भएको हो।

योसहित शनिबार साँझसम्म विदेशमा तीन सय ४१ नेपालीको कोभिड–१९ का कारण निधन भएको छ। हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो। हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन्।

एनआरएनएका अनुसार कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८, बेलायतमा ८६ र यूएईमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जनाए। शनिवार साँझसम्म विभिन्न मुलुकका ६२ हजार नौ सय ८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार ६२८ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार यस साता स्वीडेन, मलेसिया, यूएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *