प्रचण्डलाई दलको नेता बनाएको सूचना दर्ता गर्न संसद सचिवालयले नमानेपछि चर्काचर्की
काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेपछि चर्काचर्की भएको छ।
दुई समूहका विभाजित नेकपा कानुनी रुपमा विभाजित नभएपछि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा दुवै समूहलाई सत्ता पक्षको लहरमा बस्ने व्यवस्था गरेको संसद सचिवालयले संसदीय दलका नेताबाट ओलीलाई हटाएको सूचना दर्ता गर्न अस्वीकार गरेपछि चर्काचर्की भएको हो।
‘हामीले दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता बनाएको सूचना दर्ता गर्न महासचिवलाई आग्रह गर्यौं,’ सूचना दर्ता गर्न पुगेका नेकपा प्रचण्ड–नेपाल समूहका नेता विरोध खतिवडाले डिसी नेपालसँग भने, ‘उहाँले गर्दा गर्न मान्नु भएको छैन। कानुनी परामर्श गर्छु भन्नु भएको छ। हामीले पहिला दर्ता गर्नुस अनि परामर्श गर्नुस भनेका छौं।’
महासचिवले कानुनी परामर्श गर्ने बताएपछि उनीहरुबीच भनाभन पनि भएको थियो। अहिले उनीहरुबीच छलफल भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment