सर्वोच्चको फैसला मान्छौं : प्रधानमन्त्री ओली
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला मान्ने सो दलका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुलाई अदालतको फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्ने बताए। नेकपा (एमाले) ब्युँताउनु हुन्छ ? भन्ने प्रश्नमा उनले फैसलाको पूर्णपाठ हेरेपछिमात्र यो विषयमा बोल्ने बताए।
सर्वोच्चले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै हाल सत्तामा रहेको नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment