काँग्रेस र जसपाद्वारा संसदमा नारावाजी, १० मिनेटका लागि बैठक स्थगित
काठमाडौं। प्रतिनिधिसभाको सातौं अधिवेशनको पहिलो बैठक आइतबार सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादीले अवरोध गरेका छन्। बैठकको कार्यसूची अनुसार कानुनमन्त्री लिलानाथ श्रेष्ठले संवैधानिक परिषद सम्बन्धी अध्यादेश टेबल गर्दा दुई दलले अवरोध गरेका हुन्।
दुबै दलका सांसहरुले बैठकमा नाराजावी गरिरहेका छन्। मन्त्री श्रेष्ठ अध्यादेश टेबुल गर्न रोष्टममा उभिएपछि दुई दलका सांसदहरुले नारावाजी सुरु गरेका थिए।
यसैबीच दुई दलको अवरोधपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्। यसअघि प्रचण्ड–माधव समूहले बैठक नै बहिस्कार गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment