सर्वोच्चको फैसलाले अप्ठ्यारोमा परेको प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलायो

डिसी नेपाल
२३ फागुन २०७७ २०:४०

काठमाडौं। सत्तारुढ दल नेकपाको नाम र पार्टी एकीकरण गर्ने सर्वोच्च अदालतको फैसलाले अप्ठ्यारोमा परेको प्रचण्ड–माधव समूहले आवश्यक रणनीति बनाउन स्थायी कमिटी बैठक बोलाएको छ।

आइतबार साँझ सिंहदवरामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, भीम रावललगायत नेताहरुको आस्किमक बैठक बसेको थियो। सो बैठकले स्थायी कमिटी बैठक बोलाउने निश्कर्ष निकालेको हो।

प्रचण्डले आइतबारको सर्वोच्चको फैसला राजनीतिक र अनपेक्षित भएको बताएका छन्।

सर्वोच्चले तत्कालिन एमाले र माओवादीबीच भएको एकीकरण नै बदर गरिदिएपछि सबैभन्दा अप्ठ्यारेमा माधवकुमार नेपाल परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *