भारतीय मिडियालाई पूर्वराजाको दह्रो झापड, भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे

डिसी नेपाल
२४ फागुन २०७७ १०:२५

काठमाडौं। देशमा भारतीय हस्तक्षेत्र अत्याधिक भइरहेको भन्दै यसको विरोध भइरहेको र राष्ट्रियताको पक्षमा चर्को आवाज उठिरहेको समयमा पूर्वराजा ज्ञानेन्द्रसँग घटेको एउटा घटना अहिले चर्चामा छ । पूर्वराजाले भारतीय दादागिरीलाई नराम्रोसँग झापड हानेको भन्दै सामाजिक संजालमा चर्चा चलिरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र अहिले भारतको दार्जिलिङमा छन् । उनका स्वकीय सचिव फणिराज पाठकका अनुसार उनी यही फागुन १९ गते दार्जिलिङतर्फ गएका हुन् । व्यक्तिगत रुपमा घुमघामको लागि भन्दै गएका पूर्वराजा यही दिन फर्किने भन्ने निश्चित भने छैन । ‘एक हप्ताको लागि भनेर सवारी भएको हो तैपनि यही दिन फर्किबक्सिन्छ भन्ने निश्चित छैन’ पाठकले डिसीनेपालसँग भने ।

पूर्वराजा दार्जिलिङमा रहेका बेला एक पत्रकारले उनीसँग हिन्दीमा प्रश्न सोध्न खोजेका थिए । तर, पूर्वराजाले उनको प्रश्न बीचमै काट्दै भने ‘आइ डोन्ट नो हिन्दी’ अर्थात म हिन्दी बुझ्दिन । पूर्वराजाको यो जवाफपछि ती पत्रकार बाध्य भएर नेपालीमा प्रश्न सोध्न थाले ।

उनले नेपालीमै पूर्वराजासँग भारत आउनुको कुनै विशेष कारण कि भनेर सोधे । पूर्वराजाले अहिले केही विशेष छैन भनेर जवाफ दिए अनि अगाडि बढे । भारतको न्यूज २४ ले सोधेको पूर्वराजाका स्वकीय सचिव पाठकका अनुसार ती पत्रकार भारतीय च्यानल न्यूज २४ का हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *