महिला दिवसमा देखियो करिना कपूरका कान्छा छोराको पहिलो झलक
काठमाडौं। करिना कपूरले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नो नवजात छोराको पहिलो फोटो सेयर गरेकी छिन् । फोटोमा करिनाको काखमा र आराम गरिरहेको बच्चा देखिएको छ। छोराको अनुहार भने देखाइएको छैन ।
View this post on Instagram
फोटो सेयर गर्दै उनले लेखेकी छिन्, त्यस्तो कुनै काम छैन जुन महिलाले गर्न सक्दैनन् । महिला दिवसको शुभकामना ।’ करिनाले फेब्रुअरी २१ मा दोस्रो छोरा जन्माएकी हुन् । करिना र सैफका यसअघि नै ४ वर्षका जेठा छोरा तेमुर अली खान छन् । सैफ र करिनाले कान्छा छोराको नाम भने अझैसम्म खुलाएका छैनन् ।
प्रतिक्रिया
Facebook Comment