प्रचण्ड–माधव समूहको बैठकमा ओलीसँग मिल्नुपर्ने विषयमा छलफल
काठमाडौं। खारेज भएको नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा सो नेकपाको अर्को समूहका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नुपर्ने आवजा उठेको छ।
सोमबार पेरिस डाँडामा जारी स्थायी कमिटी बैठकमा बोल्ने स्थायी कमिटी सदस्यले सर्वोच्चको फैसलापछि अब एमाले र माओवादीबीचको एकतालाई जोगाउनुपर्ने बताएका छन्। उनीहरुले एकता जोगाउन प्रचण्ड र ओलीबीच वार्ता गर्नुपर्ने विषय बैठकमा प्रवेश गरेको हो।
स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकमा तत्कालिन एमाले र माओवादीबीचको एकता जोगाउन प्रचण्ड र ओलीबीच फेरि वार्ता हुनुपर्ने धारणा बैठकमा राखेका छन्।
बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पन्तले कतै न कतै पार्टीको एकीकरणलाई जोगाउन प्रचण्ड र ओलीबीच वार्ता हुनुपर्ने धारणा राखेका बताए। उनले सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्नेसमेत बताए। तर, यो फैसला राजनीतिक प्रकृतिको रहेको उनको भनाइ छ।
Facebook Comment