माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने, सरकार अल्पमतमा पर्ने

डिसी नेपाल
२४ फागुन २०७७ २०:१२

काठमाडौं। खारेजीमा परेको नेकपा प्रचण्ड–माधव समूहको सोमबार बसेको स्थायी कमिटीको अन्तिम बैठकले एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गर्यो। सो निर्णयसँगै अब माधव नेपालहरु तत्कालिन एमालेमा सक्रिय हुने भएका छन् भने पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नतेृत्वमा माओवादी केन्द्र सक्रिय बनाउने भएका छन्।

सर्वोच्च अदालतले आइतबार नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सो फैसला कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सो फैसला कार्यान्वयमा आउने भएसँगै अब संसदमा ४ दल अस्तित्वमा आउने भएका छन्। र संसदमा कुनै पनि एक दलको बहमुत नरहेकाले गठबन्धन सरकार बनाउनुपर्ने भएको छ।

द्दण्७४ मा तत्कालिन एमाले र माओवादी केन्द्रबीच चुनावमा गठबन्धन भएको थियो। सो गठबन्धनले बहुमत ल्याएकाले सो गठबन्धनका तर्फबाट संसदीय दलका नेता बनेका केपी शर्मा ओलीले सरकार बनाएका थिए।

तर, अब माओवादी अलग भएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। सोमबारको बैठकपछि पत्रकारहरुलाई बैठकका निर्णयबारे जानकारी दिँदै नारायणकाजी श्रेष्ठ स्पष्ट रुपमा समर्थन फिर्ता लिने नबताए पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएर समर्थन फिर्ता लिने संकेत गरे। उनले सर्वोच्चले संसद पुनःस्थापना गरेसँगै प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा नदिएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

संसदमा एमालेको १२० सिट छ। माओवादीको ५१ सिट छ। माओवाीले समर्थन फिर्ता लिएसँगै सरकार अल्मतमा पर्नेछ। संवैधानिक व्यवस्था अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ताले सरकारले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

उता प्रधानमन्त्री ओलीले आइतबार नै आफू निकट संसदीय दलको बैठक बोलाएर आवश्यक परे आफूले संसदबाट विश्वासको मत लिने बताइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *