सर्वोच्चको आदेशपछि व्यवहारिक रुपै सक्रिय भए एमाले र माओवादी, संसदमा पनि छुट्टा छुट्टै कुर्सी

डिसी नेपाल
२५ फागुन २०७७ २०:४७
52
Shares

काठमाडौं। सर्वोच्च अदालतले आइतबार गरेको फैसलालले तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताएसँगै दुबै पार्टी व्यवहारिक रुपमै सक्रिय भएका छन्।

निर्वाचन आयोगले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै मंगलबार संसद सचिवालयलाई दुबै दलको छुट्टा छुट्टै अस्तित्व स्वीकार गरेपछि एमाले र माओवादी कानुनी र व्यवहारिक रुपमै सक्रिय भएका हुन्।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पनि अब अब चार पार्टीका लागि कुर्सीको व्यवस्था गरिएको छ। संसद सचिवलायका सचिव गोपालनाथ योगीले निर्वाचन आयोगको पत्र सचिवालयलाई प्राप्त भइसकेको भन्दै सोहीअनुसार कुर्सी मिलाइने जानकारी दिए।

उता एमालेले आफ्नो मुख्यालयको बोर्डसमेत मंगलबार नै फेरिसकेको छ। धुम्बाराहीस्थित पार्टी मुख्यालयबाट नेकपा नामको बोर्ड हटाएर नेकपा (एमाले)को बोर्ड राखिएको छ। देशैभर पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राखिएको छ।

अब संसदीय दलमा पनि एमाले र माओवादीको बोर्ड राखिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *