निलम ढुंगाना (तिम्सिना) र बोमबहादुर मिश्र राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

डिसी नेपाल
२५ फागुन २०७७ २१:०६

काठमाडौं। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना (तिम्सिना) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सिफारिस समितिले ४ जनाको नाम डेपुटी भगर्नरका लागि सिफारिस गरेको थियो। ती मध्ये सरकारले सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम र विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक मिश्रलाई नियुक्त गरिएको हो।

यस्तै सरकारले निजामती अस्पतालकाे निर्देशकमा डा. विद्यानिधी पाैडेललाई नियुक्त गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *