प्रतिनिधिसभा पुनर्स्थापना पछिको दोस्रो बैठक आज, ७ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचि

डिसी नेपाल
२६ फागुन २०७७ ७:२०
136
Shares

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको दोश्रो बैठक आज (बुधबार) बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने छ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। सर्वोच्चले फागुन ११ गते पुनर्स्थापना गरेको थियो। पुनर्स्थापना पछिको पहिलो बैठक फागुन २३ गते बसेको थियो।

संघीय संसद सचिवालयले आजको बैठकमा ७ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचि तयार पारको छ। सचिवालयका अनुसार नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), र तेजाब तथा अन्य घाटक रासायनिक पदार्थ (नियमन) अध्यादेश गृहमन्त्री रामबहादुर थापाले पेश गर्ने कार्यसूचि रहेको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने संसद सचिवालयले जनाएको छ।

यस्तै, औषधि (तेस्रो संशोधन) अध्यादेश स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पेस गर्नेछन् । पूर्व तथा बाहालवाला गरि १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचि सचिवालयले प्रकाशित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *