शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित
काठमाडौं। सर्वोच्च अदालतले पुनःस्थापित गरेपछि दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै चैत्र तीन गतेसम्मका लागि स्थगित भएको छ।
बुधबार दिउँसो एक बजे सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य सानु शिवा, सूर्यबहादुर केसी, पूर्व सदस्यहरु दीपक बहादुर गुरुङ, डा. राममान श्रेष्ठ, संविधान सभा सदस्य मानपुर चौधरी, पूर्व सदस्य वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्ता जोशी, एकनाथ रानाभाट, कुवेशप्रसाद शर्मा तथा डा. शंकरप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो।
प्रतिनिधिसभाको अर्को बैठक चैत तीन गते मंगलबार बस्ने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment