भारतको मोदी सरकार ‘निर्वाचित तानाशाही’ !
नरेन्द्र मोदी/फाइल तस्बीर
काठमाडौं। स्वीडनस्थित भेराइटी अफ डिमोक्र्यासिज इन्स्टिट्यूटको एउटा प्रतिवेदनमा विश्वभरि सबैभन्दा ठूलो प्रजातन्त्रका रूपमा चिनिएको भारत अब “निर्वाचित तानाशाही”मा परिवर्तित भएको जनाइएको छ।
सन् २०१४ मा भएको निर्वाचनमा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले जितेपछि उसले हिन्दू राष्ट्रवादी एजेन्डा पछ्याएदेखि यो प्रक्रिया सुरु भएको प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनमा भारतमा सञ्चारमाध्यम, प्राज्ञ एवं नागरिक समाजका स्वतन्त्रतालाई निकै हदसम्म कुण्ठित पारिएको जनाइएको छ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले आलोचकहरूको मुख बन्द गर्न देशद्रोह, मानहानि तथा प्रतिआतङ्कवादका कानुनहरूको सहारा लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारत सरकारले विगतमा यस्ता प्रतिवेदनहरूलाई खण्डन गर्ने गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment