दुई चारवटा ब्याटल लड्न बाँकी छ, म अझै लड्नेवाला छु : प्रचण्ड
फाइल फोटो
काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान राजनीतिक परिस्थितिमा आक्रामक छन्। माओवादी केन्द्रलाई सक्रिय बनाएपछि दुईवटा स्थायी कमिटीको बैठक गरिसकेका प्रचण्डले राजनीतिक भेटघाटलाई पनि तिब्रता दिएका छन्।
उनका अभिव्यक्ति पनि आक्रामक दिन थालेका छन्। उनले बिहीबार माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको भेलालाई सम्बोधन गर्दै आक्रामक अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, ‘म अझै क्रान्ति गर्छु, यत्तिकै छोड्नेवाला छैन।’
उनले आफ्नो उमेरले क्रान्ति गर्न साथ दिँदैन कि भन्ने चिन्तामा नरहन भन्दै आफू अझै क्रान्तिका लागि तयार रहेको बताएका छन्। उनले अझै लड्न बाँकी रहेकोसमेत बताएका छन्। उनले भनेका छन्, ‘हामीले धेरै लडाईँ लड्यौं, भर्खर पनि एक लडाईँ लड्यौं र जित्यौं पनि, अझै दुईचार ब्याटल बाँकी छन्, म छोड्नेवाला छैन, अलड्छु।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment