बिएण्डसी अस्पतालले सम्बन्धन पाउनु पर्छ : प्रा.डा. शर्मा

डिसी नेपाल
२८ फागुन २०७७ १२:३१
200
Shares

काठमाडौं । प्राध्यापक डा. उमेश शर्माले कानूनी र संरचनागत दुबै रुपमा बिएण्डसी अस्पतालले प्रक्रिया पुरा गरेको हुँदा सम्बन्धन पाउनु पर्ने बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १८ गते झापास्थित उक्त अस्पताललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन्छ भनेर उद्घोष गरेपछि विवाद बढी रहेका बेला डा. शर्माले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘बिएण्डसीले सबै खालका कानूुनी र संरचनागत प्रकृया पूरा गरेको छ। किन हो केही साथीहरु मेडिकल कलेज खोल्नु महाअपराध हो झै भनेर लागिरहनुभएको छ।’

स्वास्थ्य मन्त्रालयबाट ५ वर्षअघि उक्त अस्पतालले ३ यस वेड क्षमता संचालन स्वीकृति पाएको थियो। अस्पतालमा दैनिक १ हजारभन्दा बढी विरामीले उपचार पाउने गरेको डा. शर्माले जानकारी दिए।

‘३० देखी ४० बटा शल्यक्रिया हुने गरेका छन्।’ डा. शर्माले भने, ‘यो अस्पताल यहाँ सञ्चालन भएपछि पूर्वी क्षेत्रका ९० प्रतिशत विरामीहरु भारत जान र महङ्गो खर्च हुनबाट बचेका छन्।’

भारतबाट नै विरामी आउन बिएण्डसीमा आउन थालेपछि शर्मालाई लागेको छ, ‘भारतीय मेडिकल माफियाले पो यहाँ मेडिकल कलेज संचालन गर्न नदिन खेलिरहेको छ की ?’ डा. शर्मा बिएण्डसी अस्पताल मेची अञ्चलका २५ लाख जनसंख्याको रेफरल अस्पताल भैसकेको बताउँछन। काठमाडौं बाहिर बिएण्डसीका जति विशिष्टिकृत सेवा अन्त कहीँ नभएको शर्माको दाबी छ। ‘हामीसँग काठमाडाैं कै हाराहारीमा नै क्यान्सर, न्यूरो र अर्थोको उच्चस्तरको सुविधा छ,’ डा. शर्माले भने।

‘चाँडै मुटु रोगका विशिष्ट सेवा पनि सुरु गर्दै छौँ ।’ डा. शर्माले भने, ‘बिएण्डसीको विषयमा काठमाडौं बसेर धारणा बनाउनेहरुलाई एकपटक विर्तामोड आएर हेर्न चुनौति दिन्छु।’ पुर्वाधार हेरेर नपुगेको कुरा सुझाव दिएको भए राम्रो हुने शर्माको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *