दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीद्वारा दायर रिट निवेदनमाथि आगामी कात्तिक ३० गते सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। सरकारको उक्त निर्णय बदर गरी आफूलाई आईजीपी पदमै पुनर्बहाली गर्नुपर्ने उनको प्रमुख माग रहेको छ।
कार्कीका तर्फबाट अधिवक्ता टिकाध्वज कुँवरले शुक्रबार सर्वोच्च अदालतमा उक्त रिट दर्ता गराएका हुन्। सरकारले कुनै पनि कानुनी आधार र प्रक्रिया पूरा नगरी आफूलाई पदबाट हटाएको तथा स्पष्टीकरण र सुनुवाइको उचित अवसरसमेत नदिएको उनको जिकिर छ।
मन्त्रिपरिषद्को गत कात्तिक १८ गतेको निर्णयमार्फत कार्कीलाई आईजीपी पदबाट हटाइ प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको थियो भने उनको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको छ। तिहार बिदाका कारण रिटमाथिको प्रारम्भिक सुनुवाइ कात्तिक ३० गतेका लागि तोकिएको अदालतले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment