आफ्ना कमजोरी ढाकछोप गर्न सरकारले कांग्रेसमाथि निराधार हल्ला चलायो : महामन्त्री संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गर्दै निराधार हल्ला चलाइरहेको गम्भीर आरोप लगाएकी छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कुनै पनि प्रमाणबिना १८ करोडको डिल भएको जस्तो गलत भाष्य खडा गरेर पार्टी सभापतिलाई बद्नाम गराउन खोजिएको बताइन्। सरकारले आफ्ना काला कर्तुत लुकाउने उद्देश्यले नै सभापतिलाई पक्रने जस्ता भ्रामक हल्ला फैलाएको उनको भनाइ छ।
महामन्त्री संग्रौलाले नेपाली कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति सधैं पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्। राणा, पञ्चायत र राजतन्त्रसँग समेत नडराएको कांग्रेस वर्तमान सरकारसँग कुनै हालत नडराउने स्पष्ट पार्दै उनले यस्ता षड्यन्त्रकारी गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिइन्।
त्यस अवसरमा उनले सरकारले न्यायालय, प्रहरी र सञ्चारजगतमाथि हस्तक्षेप बढाएको आरोपसमेत लगाइन्। यस किसिमका गतिविधिले मुलुकमा लोकतन्त्र नै संकटमा पर्ने हो कि भन्ने गम्भीर चिन्ता बढेको उनको धारणा थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment