गुल्मीको राक्सेमा सुक्खा पहिरो: कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका-२ स्थित राक्से सडकखण्डमा बिहीबार बिहानै सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक माथिबाट ठूला चट्टानसहितको पहिरो निरन्तर खसिरहेका कारण यातायात सञ्चालन ठप्प बनेको हो।
सडक ठप्प भएको जानकारी पाएलगत्तै प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो पन्छाउने तयारी भइरहेको छ। तर, माथिबाट चट्टान खस्ने क्रम जारी रहेकाले बाटो खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ।
सडक अवरुद्ध भएपछि गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरातर्फ जाँदै गरेका र ती स्थानबाट गुल्मी भित्रिँदै गरेका सबै सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment