यु-१९ एसिया कप: भारतद्वारा टस जितेर नेपालविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय
काठमाडौं । ओमानको अल अमिरात क्रिकेट मैदानमा सञ्चालन भइरहेको ‘डीपी वर्ल्ड पुरुष यु-१९ एसिया कप २०२६’ अन्तर्गत समूह ‘ए’ को चौथो म्याचमा भारत यु-१९ टोलीका कप्तान लक्ष्य रायचन्दानीले टस जितेर नेपाल यु-१९ टोलीविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्।
टस हारेसँगै विपिन शर्माको कप्तानीमा मैदान उत्रिएको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको छ। प्रतियोगितामा बलियो दाबेदार मानिएको भारतीय टोलीविरुद्ध सकारात्मक सुरुवात गर्ने लक्ष्यका साथ नेपाली युवा टोली ब्याटिङ सम्हाल्न मैदान प्रवेश गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment