प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित (सूचनासहित)
काठमाडौं । प्रदेश नं. १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले आज एक सूचना जारी गर्दै बैठक स्थगित गरिएको बताएका छन्।
सचिव पराजुलीले सूचनामा भनेका छन्, ‘विशेष कारणले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनीय ३ बमोजिम अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको छ।’
फागुन १९ गते सूचना प्रकाशित गरी चैत्र २ गतेका लागि प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको आह्वान गरिएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment