न्ह्यु बज्रचार्यको तिमी मेरो साथी गीत बजारमा (भिडियो)

डिसी नेपाल
१ चैत २०७७ २०:०८
144
Shares

काठमाडौं। चर्चित संगीतकार न्ह्यु बज्रचार्यको प्रस्तुतमा तिमी मेरो साथी बोलको गीत बजारमा आएको छ। न्ह्यु बज्रचार्यको आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो। केही दिन अगाडि सार्वजनिक भिडियोले युट्युबमा राम्रो रेस्पोन्स पाएको छ।

रिमा श्रेष्ठको शब्द सिर्जना रहेको सो गीतमा मेघा श्रेष्ठले स्वर दिएकी छन् भने संगी न्ह्यु बज्रचार्यको रहेको छ। यस्तै निर्देशन तथा सम्पादन अनिल तण्डुकारले गरेका छन् भने म्युजिक एरेन्जर प्रज्वल लामा हुन्। यस्तै छायाँकन गौतम श्रेष्ठ र विक्रम श्रेष्ठले गरेका हुन्।

गीतबारे न्ह्यु बज्रचार्यले भनेका छन्, ‘केही महिनाअघि साथी अञ्जनसँग शिकागोबाट डालस जाँदै गर्दा कान्स सिटीमा रिमा श्रेष्ठको घरमा एक रात बास बस्यौँ। बिहान ब्रेकफाष्ट गर्दा कुरैकुरामा रिमाले आफूले पनि गीत लेख्न शुरु गरेको सुनाइन्। मैले ‘गीत लेख्दा गुन्गुनाउँदै लेखे राम्रो हुन्छ है’ भनेँ। उनले सोधिन् ‘कसरी ?’ अनि मैलै केही गुन्गुनाएँ र उनले केही लेखिन्। गीत तयार भयो र त्यसलाई आवाज दिइन् मेघा श्रेष्ठले।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *