एसिएन मूलका आप्रवासीमाथि भएको आक्रमणप्रति एनआरएनको आपत्ति

डिसी नेपाल
८ चैत २०७७ १६:२४
32
Shares

काठमाडौं। गैर आवासीय नेपाली संघ अमेरिकाले एक विज्ञप्तिमार्फत पछिल्लो समय एसियन मूलका अप्रवासीहरुमाथि भइरहेको आक्रमणप्रति दुःख व्यक्ति गरेको छ। हालसालै संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानहरुमा एसियन मूलका आप्रवासीहरु माथि आक्रमण भइरहेको छ।

विज्ञप्तिमा ‘हालसालै संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानहरुमा एसियन मूलका आप्रवासीहरु प्रति भइरहेको आक्रमणप्रति एनआरएनए अमेरिका दुःख व्यक्त गर्दछ, साथै एसियन अमेरिकन समुदायसँग एक्यबद्धता जाहेर गर्दछ। हामी सबै यस दुखद अवस्थाको सामाना गर्दै आफूलाई संयमित र सचेत राख्नु बाञ्छनीय हुन्छ।’

त्यसैगरी, एनआरएनए अमेरिकाले त्यहाँ निवासी नेपालीलाई सतर्कता अपनाउन भनेको छ। साथै, कुनै समस्या परेमा हेल्प डेस्कको फोन नम्बर ८४४–६७६–२८७२ मा सम्पर्क गर्न भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *