प्रधानसेनापति थापाद्वारा पशुपतिमा विशेष पूजा (फोटोफिचर)
काठमाडौं। प्रधानसेनापति पूणचन्द्र थापाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गरेका छन्। सोमबार विहान पशुपतिनाथ मन्दिर पुगेका प्रधानसेनापति थापाले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

प्रधानसेनापतिले सेना दिवस र महाशिवरात्रिको अवसरमा विशेष पूजा गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रत्येक वर्षको एक पटक पशुपतिका पुजारीले निकालेको साइत अनुसार सेनाले पशुपतिमा पूजा गर्ने प्रचलन रहेको उनले बताए। उक्त प्रचलन अनुरुप नै प्रधानसेनापतिले पशुपतिमा पूजा अर्चना गरेको उनको भनाइ छ।

‘हामी एक धार्मिक आस्था भएका संस्था हौं। संस्थाको तर्फबाट सेनापतिजयूले पूजा गर्नु भएको हो। सेना दिवस र महाशिवरात्रिको अवसर पारेर यो पूजा वर्षको एक पटक गर्ने प्रचलन छ। सेनाले प्रत्येक वर्ष सेना दिवस र महाशिवरात्रिको अवसर पारेर पूजा गर्ने पुरानो प्रचलन हो। संस्थाको हित र मंगलको कामना गर्नको उद्देश्येले यो पूजा गरिन्छ’, प्रवक्ता पाैडेलले डिसी नेपालसँग भने।






No ads found for this position


डिसी नेपाल
Facebook Comment