कोरोनाबाट साउदीमा एकको मृत्यु, ३४२ पुग्यो मृत्यु हुने नेपालीको संख्या

डिसी नेपाल
९ चैत २०७७ १३:३८

काठमाडौं। पछिल्लो साता कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो।

एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा गरी तीन सय ४२ जना नेपालीको निधन भएको छ। एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ।

डा.सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *