जनस्वास्थ्यका मापदण्ड पालना गर्न धुलिखेल नगरपालिकाको अपिल
काभ्रे । धुलिखेल नगरपालिकाले कोरोना संक्रमण फैलन नदिन सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पूरा गर्न नगरबासीलाई अपिल गरेको छ ।
पछिल्लो समय छिमेकी देशमा कोरोना भाइरस संक्रमण दर बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपलिकाले यस्तो अपिल गरेको हो।
सोमबार नगरपालिकाका प्रमुख अशोक कुमार व्यान्जुले विज्ञप्तिमार्फत कुनै पनि भिडभाड हुने कार्यक्रम, गोष्ठि, भेलालगायतका कार्यक्रम नगरी रोकथाममा सघाउ पुर्याउन र कसैलाई शंकास्पद कोरोनाको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न अपिलगरेका छन् ।
सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment