वैशाख ३० गते स्ववियु निर्वाचन गर्न त्रिवि र नेविसंघबीच सहमति
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी युनियनले ४८ दिनदेखि गरेको रिले अनशन तोडेको छ। त्रिभुवन विश्वविद्यालय समितिले गरेको अनसन विश्वविद्यालयसँग ५ बुँदे सहमति गर्दै तोडेको हो। नेविसंघले राखेको माग अनुसार बैशाख ३० गते त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वान गर्ने भएको छ।
त्रिविले स्ववियु निर्वाचन गर्नका लागि चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । कोभिड–१९ का कारण ढिलो सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्ने, त्रिविको शैक्षिक पात्रोलाई अनुसरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसंघले जनाएको छ।
सहमतिपत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेको नेविसंघले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment