रेड पान्डाको छालासहित तीनजना पक्राउ
काठमडाौं। दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित सोलुखुम्बुमा तीनजना पक्राउ परेका छन्। सोलुखुम्बु प्रहरीले मंगलबार पक्राउ परेका उनीहरुलाई बुधबार सार्वजनिक गरेको छ। सोलुखुम्बु प्रहरीले महाकुलुङ गाउँपालिका –२ का ७६ वर्षीय जगतबहादुर राई, वडा –३ का ५७ वर्षीय मित्रधन राई र ५६ वर्षीय कविरशंखर राईलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट ७ वटा रेडपाण्डाको छाला र रेड पान्डा मार्न प्रयोग हुने पासोसमेत बरामद गरेको छ। प्रहरीले यो तस्कर समूह धेरै पहिलादेखि नै सक्रिय रहेको प्रारम्भिक अनुमान गरेको छ। प्रहरीले सूनाका आधारमा सोलुबाट गएर महाकुलुङस्थित उनीहरुको घरमा छापा मारेको थियो।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment