वडा अध्यक्षसहितले भूमिव्यवस्था मन्त्रीको हातबाट पाए जग्गाधनी पूर्जा (फोटोफिचर)

डिसी नेपाल
१२ चैत २०७७ १७:२४

काठमाडौं। भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले बिहीबार एक कार्यक्रमका बीच् कीर्तिपुरका ब्लक जग्गा धनी पूर्जाबिहीनहरुलाई जग्गा धनी पूर्जा वितरण गरेकी छन्। कीर्तिपुर नगरपालिका वडा नम्बर ८ का वासिन्दालाई बिहीबार मन्त्री तुम्बाहाङ्फेले जग्गाधनी पूर्जा वितरण गरेकी हुन्।

२७१ जनालाई जग्गाधनी पूर्जा वितरण गरिने कार्यक्रम भए पनि बिहीबार १० जनालेमात्र पाएका छन्। यसरी जग्गाधनी पूर्जा पाउनेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विनोद महर्जनसमेत छन्। यस्तै ज्यष्ठ नागरिक, एकल महिलालाई प्राथामिकताका आधारमा जग्गाधनी पूर्जा दिइएको हो। अन्य धनीहरुलाई पनि प्रक्रिया पूरा भएपछि पूर्जा दिइने जनाइएको छ।

कार्यक्रममा बोल्दै मन्त्रीा तुम्बाहाङ्फेले जग्गा धनीहरुको हातमा प्रमाण पत्र नहुँदा परेको समस्या अब हटेको बताइन्। उनले लामो प्रयासपछि जग्गा धनीको हातमा प्रमाण पत्र पुगेको भन्दै यो काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *