मौसम खराबीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अबरुद्ध

डिसी नेपाल
१३ चैत २०७७ १५:२७

काठमाडौं। नेपालको एकमात्रै अन्तराष्ट्रिय विमानस्थल मौसम खराबीका कारण अवरुद्ध भएको छ। विमानस्थल कार्यलयले दिएको जानकारी अनुसार विमानस्थल एक घण्टादेखि अवरुद्ध रहेको छ।

मौसम खराबीका कारण आन्तरिक र बाह्य दुवै तर्फका उडान अवतरण अवरुद्ध भएको कार्यलयका महाप्रबन्धक प्रताप बाबु तिवाीले बताए।

उनले भने, हवाइ सेवा अनिश्चित समयका लािग अबरुद्ध भएको छ। तराईतिरबाट आएको तुहाँलो र आगलागिका कारण आकाश धमिलो भएकोले हवाई उडान प्रभावित भएको हो। केही समय पछि सञ्चालनमा आउन सक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *