अचानक काठमाडौं उपत्यकाको वायु प्रदूषण उच्च विन्दुमा

डिसी नेपाल
१३ चैत २०७७ १६:५८
144
Shares

काठमाडौं । शुक्रबार मौसम धुम्मिएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा बढेको छ। जसले गर्दा सर्वसाधारणहरुलाई घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।

स्विट्जरल्याण्डको आइक्युएअरका अनुसार शुक्रबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १९८ पुगेको छ । उक्त इन्डेक्समा काठमाडौं उपत्यका पहिलो नंबरमा रहेको छ । वायुको गुणस्तर (एक्वुआई) ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।

पछिल्लो समय विभिन्न ठाउँमा लागेको डढेलोले गर्दा बढेको धुवाँ र सुख्खा मौसमका कारण धुलाले मौसममा खराबी आएको थियो । काठमाडौंसँगै चिनको बेइजिङ, भारतको मुम्बई र बंगलादेशको ढाकाको पनि वायु प्रदूषणको मात्रा उच्च रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *