आगलागी हुँदा दुई घर नष्ट

डिसी नेपाल
१३ चैत २०७७ २३:२४

ताप्लेजुङ । फुङलिङ नगरपालिका–३ मा शुक्रबार साँझ भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । साँझ भएको आगलागीबाट भीमप्रसाद घिमिरे र चन्द्रमाया रम्तेलको घर जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

सबिन तोलाङ बस्दै आएका घिमिरेको घरबाट अचानक शुरु भएको आगो फैलिँदा चन्द्रमायासमेतको घर जलेको सञ्चारकर्मी जीवन कालिकोटेले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणमा आएको छैन । नजिकै रहेका घरसमेतमा जोखिम बढेको छ ।

हावाहुरी चलिरहेकाले र पानी नभएकाले आगो थप फैलिरहेको हो । समयमा नियन्त्रण हुननसके नजिकैका घरसमेतमा क्षति पुग्ने देखिएको कालिकोटेले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *