स्रोत नखुलेको नगद ३० लाख सहित २ जना पक्राउ

डिसी नेपाल
१४ चैत २०७७ १९:१९

काठमाडौं । स्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँ सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका २४ बिशालबजार नजिकबाट कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका १ घर भएका २५ बर्षीय गणेश पाण्डे लगायत २ जनालाई उक्त रकमसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *