सुनकाे मूल्य २ सय बढ्याे

डिसी नेपाल
१६ चैत २०७७ १२:३८

काठमाडाैं। साताकाे दाेस्राे दिन साेमबार सुनकाे मूल्य आज दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको  तोलामा ८६ हजार ५ सय रुपैयाँ कायम गरिएकाे छ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन्।

यस्तै चाँदीकाे मूल्य भने तोलामा ५ रुपैयाँमा घटेको छ। साेमबार चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *