ललितपुरमा र्‍यापिड टेष्ट किटको प्रयोग गरी लागूऔषध सेवन परीक्षण सुरु

डिसी नेपाल
१६ चैत २०७७ १६:३३

ललितपुर । फागु पूर्णिमा (होली)लाई मर्यादित एवं सुरक्षित बनाउन ललितपुर जिल्लाको १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्‍यापिड टेष्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागूऔषध सेवन परीक्षणको सुरुवात गरेको छ ।

होलीको दिन आइतबार लागूऔषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो । सवारी साधन जाँचको क्रममा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिनुको साथै ४ सय ३५ जनालाई ट्राफिक कारबाही गरेको छ । यस्तै १ सय ६५ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *