‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता, चाँडै शेयर निष्काशन गरिने

डिसी नेपाल
१८ चैत २०७७ १२:००
80
Shares

काठमाडौं। १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने मुख्य उद्देश्य रहेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ।

गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तसहितको नेतृत्वको अथक प्रयासपछि एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी दर्ता भएको हो।

पाँच प्रतिशत लगानीसहित सरकारसमेत प्रद्र्धधक रहेको यस कम्पनीमा दुई अर्बको प्रतिबद्धता प्राप्त भइसकेको छ, जुन यसै हप्ताबाट प्राप्त हुन थाल्ने छ। ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुनेछ, जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा गरिएको छ।

संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *