सक्षम सोसाईटी र ह्याल्मो हेलपिङद्वारा निःशुल्क दन्त शिविर (फोटोफिचर)

फुर्पा शेर्पा
१८ चैत २०७७ १३:०२

काठमाडौं। सक्षम सोसाईटी नेपाल र ह्याल्मो हेलपिङ हेण्डसको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। काठमाडौं मोडेल अस्पताल स्कुल ओरल हेल्थकाे प्राविधिक सहयोगमा गोसाइँकुण्ड गाउँपालिकामा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको थियो।

गतवर्ष सिन्धुपाल्चोक जिल्लामा शिविर सञ्चालन गरिएको थियो भने यस वर्ष रसुवा जिल्लामा गरिएको हो। त्यस्तै, पहिलो वर्ष २०१७ मा रसुवा जिल्लामा गरेको २०२० मा नुवाकोटमा गर्ने सोचमा रहेपनि कोरोना भाइरसका कारण यसवर्ष रसुवामै शिविर गरेको जनाइएको छ।

ह्याल्मो हेल्पिङ हेण्डसका अध्यक्ष जिग्मे लामा (ह्योल्मो)का अनुसार पहिलेदेखि नै साझेदारीमा काम गर्दै आएको र हरेक वर्ष विभिन्न दुर्गम जिल्ला जस्तै रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाहरुमा निःशुल्क दन्त शिविर गर्दै आएको छ।

उनले यस वर्ष पनिसक्षम सोसाईटी नेपालसँग रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका वडा १, २, ३ (वृदिम, टिमुरे, थुमन्)मा निःशुल्क दन्त शिविर गरेको बताए।

उनले भने, ‘रसुवा मै दन्त शिविर गर्नुको मुख्य कारण हामीले सक्षम सोसाईटी नेपालसँग साझेदारी भएर हेरक वर्ष गर्छौ। हरेक वर्ष पालोपालो गरेर यस वर्ष रसुवा अब अर्को वर्ष नुवाकोटमा गर्ने सोचमा रहेको छ।’

 

उनले रसुवाको पनि धेरै विकट ठाउँमा लगभग ३–४ घण्टा हिड्ेर जानु पर्ने ठाउँमा गएर निःशुल्क दन्त शिविर गरेको जनाए। सोही अवसरमा पदमार्ग प्रवद्र्धन र सरसफाई कार्यक्रमसमेत गरेको उनले बताए।

गोसाइँकुण्ड गाउँपालिकाको मुख्य सहयोग र ह्योल्मो हेलपिङ हेण्डसको महत्वपूर्ण सहयोगमा रसुवा जिल्लामा रहेको सक्षम सोसाईटी नेपालको आयोजनामा काठमाडौं स्कूल ओलार हेल्थबाट एक चिकित्सक चार जना वरिष्ठ दन्त चिकित्सक सहित १० जानको टोलीले प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

 

गोसाइँकुण्ड गाउँपालिकाका आठ सय ४० जनाले निःशुल्क दन्त शिविर सेवा लिने मौका पाएका थिए। गोसाइँकुण्ड गाउँपालिकाका वडा.१,२,३ (वृदिम, टिमुरे, थुमन्) मा १÷१ दिनको शिविर सञ्चालन गरिएको थियो।

सक्षम सोसाईटी र ह्योल्मो हेलपिङ हाण्डसले पहिलो पटक रसुवाको धुन्चे र श्याफ्रुमा र दोस्रो पटक सिन्धुपाल्चोक जिल्ला हेलाम्बुमा शिविर सञ्चालन गरेको थियो। तेस्रो पटक रसुवाको वृदिम, टिमुरे, थुमन्मा शिविर सञ्चालन गरिएको थियो। अर्को वर्ष अरु गाउँपालिकाहरुमा गर्ने योजना रहेको जनाइएको छ।

उक्त शिविर सफल पार्न सक्षम सोसाईटी नेपालका सदस्य लामो थुटिन तामाङको ठुलो योगदान रहेको छ। उनी एक वरिष्ठ दन्त चिकित्सक पनि हुन्।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *