रु रु जलविद्युतको आईपीओ खुल्यो

डिसी नेपाल
२० चैत २०७७ ११:०४

काठमाडौं। रु रु जलविद्युत परियोजना लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ।

कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १ सय २० रुपैयाँमा ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीहरुलाई र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो सेयर खरिदका लागि चैत २४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *