सुन तोलामा ९ सय बढ्यो, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२० चैत २०७७ १२:२५

काठमाडौं। साताको कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा ९ सय रुपैंयाले बढेको छ।

आज सुन तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

यसअघि हिजो सुन तोलामा ८६ हजार ५ सय रुपैंयामा कारोबार भएको थियो।

यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९ सय ५० रुपैंयामा कारोबार भइरहेको छ।

आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेको छ। चाँदी प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *