विश्व बैंकले ८ अर्ब ७० कराेड बढी सहुलियत ऋण सहयोग गर्ने

डिसी नेपाल
२० चैत २०७७ १६:३८

काठमाडौं। कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच सहुलीयतपूर्ण ऋण सहयोग सम्झौता भएको छ।

कोभिड–१९ विरुद्धको खोपका लागि नेपाललाई विश्व बैंकले ८ अर्ब ७० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन् ।

मन्त्रालयका सचिव ढुंगानाले कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्त्वपूर्ण सहयोग पुग्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *