चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर

डिसी नेपाल
२१ चैत २०७७ ७:१५

चितवन । सन् २०२२ मा मुस्ताङको लेतेमा हुने भनिएको अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारी अभ्याससँगै धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर लागेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रर्वधन नेपाल अटोमोबाइल्स एशोसिएशन वाग्मती प्रदेश र चितवन अटोमोबाइल्स डिलर्स एशोसिएशनको आयोजनामा सो टोली शुक्रबार उक्त स्थानतिर लागेको हो।

कार्यक्रमका संयोजक राजन पियाले मोटर स्पोर्टस्को प्रवर्धन र अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारीलाई जोड दिएर कार र्‍याली गरिएको बताए। “सन् २०२२ मा अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिता गर्ने भनिएको लेतेभन्दा केहीमाथि कालीगण्डकी करिडोरसँगैको तीन चार किलोमिटरको बगरमा गाडी घुमाउने, चलाउनेलगायतका गतिविधिसम्बन्धी अभ्यास गराउने छौँ”, पियाले भने। योसँगै मोेटर स्पोट्र्सलाई प्रवद्र्धन, सडक सुरक्षामा सचेतनासहित चितवनको देवघाट र मुक्तिनाथलाई धार्मिक पर्यटनबाट जोड्न र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसमेत रहेको उनको भनाइ छ।

पियाले सुस्ताएको पर्यटनलाई चलायमान गराउन अब यस्ता केही गतिविधिबाट आन्तरिक पर्यटन चलायमान बनाउन लाग्नुपर्ने बताए। पियाका अनुसार औपचारिक कार्यक्रम दुईदिनको भए पनि अधिकांश व्यवसायी केही दिन उताका अन्य ठाउँ घुमेर फर्कन सक्नेछन्। आन्तरिक पर्यटन पुनःरुत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटन क्षेत्रमा करिब १०० जनाको टोली मुक्तिनाथ पुगेर मोटर स्पोर्टस्को अभ्यासमा जुट्ने कार्यक्रमले आन्तरिक पर्यटन पर्वधन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले अहिलेको अवस्थामा यति ठूलो सङ्ख्यामा चितवनदेखि मुक्तिनाथसम्मको भ्रमणले पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने र यसले सकारात्मक सन्देश प्रवाह गर्दै पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *