पेन्ट डिलर्स एसोशियसनको ११ औं साधारणसभा सम्पन्न, रामचन्द्र खत्री अध्यक्ष चयन

डिसी नेपाल
२१ चैत २०७७ १९:३६

काठमाडौं। पेन्ट डिलर्स एसोशियसन (पिडिए) को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंमा शनिबार सम्पन्न ११ औं साधारणसभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय गरेको छ। यो निर्णयसँगै अध्यक्ष रामचन्द्र खत्रि नेतृत्वको कार्यसमितिले थप तीन वर्ष एसोशियसनको कार्यभार सम्हाल्ने छ।

सभाले बहुमत सदस्यको सहमतिमा पुरानै कार्यसमितिलाई थप एक कार्यकाल अर्थात तीन वर्षको लागि निरन्तरता दिने निर्णय गरेको हो।

कोभिड – १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यही कार्यसमितिलाई निरन्तरता दिने निर्णय सभा समक्ष प्रस्तुत गरिएको थियो। उक्त निर्णयलाई सभामा उपस्थित बहुमत सदस्यहरुको सहमतिका आधारमा पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय भएको हो।

वर्तमान कार्यसमितिको कार्यकाल २०७८ साल जेठ ४ गते सकिदैँ छ। नयाँ कार्यकालका लागि निरन्तरता पाएको कार्यसमितिले आगामी जेठ ५ गतेदेखि कार्यभार सम्हाल्ने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *