परराष्ट्रमन्त्रीद्वारा प्राकृतिक चिकित्सालय अवलोकन

डिसी नेपाल
२१ चैत २०७७ २२:२४

भरतपुर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन गरेका छन् । उनले योग तथा प्राकृतिक उपचारमा निकै उल्लेखनीय कार्य गरेको भन्दै चिकित्सालयको भ्रमण गरेका हुन् । चितवनका जिल्लास्तरीय नेताहरूसहित बागेश्वरी पुगेका मन्त्री ज्ञवालीले चिकित्सालयको उपचार पद्धतिको जानकारी लिनुका साथै उपचाररत बिरामीसँग कुराकानी गरेका थिए ।

सोही अवसरमा चिकित्सालयको विकासका लागि निर्माण गरिएको गुरुयोजनाबारे मन्त्री ज्ञवालीलाई जानकारी गराइएको थियो । झण्डै रु ४८ करोड बढी बजेट लाग्ने अनुमान गरिएको गुरुयोजनाबारे जानकारी लिएपछि मन्त्री ज्ञवालीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको चिकित्सालयका मेडिकल निर्देशक डा हेमराज कोइरालाले जानकारी दिए ।

सो क्रममा मन्त्री ज्ञवालीले यस क्षेत्रलाई योग तथा प्राकृतिक उपचारको हब बनाउनुपर्नेमा जोड दिए । नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको समयमा बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालय आइशोलेशनको रूपमा विकास गरिएको थियो । त्यहाँ गत भदौदेखि कोरोना सङ्क्रमितका लागि आइसोलेशन सेन्टरको रूपमा सेवा दिन थालिएको थियो । अहिले आइसोलेशन बन्द छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *