ठगी गरेर समान बेच्ने राजेश हार्डवेयरमा शिलबन्दी

डिसी नेपाल
२२ चैत २०७७ ११:२१

काठमाडौं। नापतौल तथा गुणस्तर कार्यालयले उपभोक्तालाई ठगी गर्ने राजेश हार्डवेयरलाई शिलबन्दी गरेको छ। काठमाडौंको बालाजुस्थित राजेश हार्डवेयरले बिलमा उल्लेख गरिए भन्दा कम तौलको फलामजन्य सामाग्री बिक्री गरेको उपभोक्ताको उजुरीको आधारमा शुक्रबार छापा मारेको थियो।

शनिबार उक्त हार्डवेयरले बिलमा उल्लेख गरिएकोभन्दा कम तौलको सामान बेचेको पुष्टि भएको कार्यलय प्रमुख मनिस कुमार दासले जानकारी दिए। उक्त हार्डवेयर सागरमल अग्रवालको नाममा छ।

राजेश हार्डवेयरले ठगी गरेको भन्दै व्यवसायीहरू गत शुक्रबार महानगरीय प्रहरी वृत्त, बालाजु पुगेका थिए। हार्डवेयरले लामो समयदेखि पाइप, रड लगाएत फलाम जन्य समानमा ठगी गर्दै आएको पाईएको कार्यलयले जनाएको छ।

कार्यलयले थप अनुसन्धानका लागि सबै समान नियन्त्रणमा लिएर शिलबन्दी गरेको छ। अब हार्डवेयरलाई थप अनुसन्धान गरेर उजुरी अगाडी बढाउने कार्यलयले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *