डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न लेखा समितिकाे निर्देशन

डिसी नेपाल
२२ चैत २०७७ १३:५२

काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको बैठकमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन बुझ्दै समितिले बक्याैताको जरिवाना र ब्याजसहित असुल उपर निर्देशन दिएको हो।

लेखा समिति सदस्य तथा कांग्रेस नेता मिनेन्द्र रिजालको नेतृत्वमा रहेको उपसमितिले लेखा समितिलाई कुल १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनलाई पास गर्दै आइतबार बसेको समितिको बैठकले सरकारलाई एक महिने निर्देशन दिएको हो।

उक्त उपसमितिको संयोजकमा मिनेन्द्र रिजाल, तेजुलाल चौधरी, प्रदिप यादव, पार्वती कुमारी विसुन्खे, सूर्यप्रसाद पाठक सदस्य रहेका थिए। उक्त उपसमितिको प्रतिवेदन पास गर्दै आजको बैठकले बक्यौता उठाउने समयावधि समेत निर्धारण गरिदिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *