वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

डिसी नेपाल
२३ चैत २०७७ २१:२६

भरतपुर । वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ ।

वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौं र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए । प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।

यस अघि पनि वायु प्रदुषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *